
गोरखा १ बाट मात्रै कांग्रेसका २५ जना आकांक्षी उम्मेद्वार
आउँदो प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस गोरखा क्षेत्र नं. १ बाट २५ जना आकांक्षी उम्मेद्वारले नाम दर्ता गराएका छन् । आइतबार र सोमबार नाम दर्ता खुल्ला गरिएकोमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ जनाले, राष्ट्रियसभाका लागि एकजनाले र समानुपातिकतर्फ १३ जनाले नाम दर्ता गराएका क्षेत्रीय सभापति ठाकुर भट्टले जानकारी दिए ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूगोल थापा, राजेन्द्र बजगाईँ, युवराज बस्ताकोटी, डिल्लिराज तिमिल्सिना, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, चिनकाजी श्रेष्ठ, प्रेम खत्री, रचन परियार र इश्वर ढकालले नाम दर्ता गरेका छन् । त्यस्तै समानुपातिकतर्फ ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम, सन्तबहादुर गुरुङ, रीता परियार, बिनाकुमारी श्रेष्ठ, ठिले लामा, अलिउल्लाह मियाँ, भरत भट्ट, कृष्ण आले, टीका श्रेष्ठले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका छन् ।
उनीहरु सबैको नामका बारेमा छलफल गरी मंगलबार रायसहित जिल्ला कार्यसमितिमा पेश गर्ने कार्यक्रम रहेको क्षेत्रीय सभापति भट्टले जानकारी दिए ।




