
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि गोरखाबाट ९ जना प्रतिनिधि चयन
नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । आउँदो पुस २७ देखि २९ सम्म सञ्चालन हुने महाधिवेशनका लागि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो ।
निर्वाचनबाट खुल्लातर्फ क्षेत्र नंबर १ बाट मोहन भट्टराई र विशाल थापा निर्वाचित भएका छन् । त्यस्तै खुल्लातर्फ क्षेत्र नं. २ बाट प्रेम गुरुङ र बाबुराम थापा निर्वाचित भएका नेकपा एमालेका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
खुल्लातर्फको प्रतिनिधिका लागि क्षेत्र नं. १ बाट मनोज जोशी, मोहन भट्टराई, धनेन्द्र धमला, विशाल थापा र सन्तबहादुर गुरुङले उम्मेद्वारी दिएका थिए । त्यस्तै सोही पदका लागि क्षेत्र नं. २ बाट प्रेमबहादुर गुरुङ, बाबुराम थापा, ओमबहादुर बराकोटी, वसन्त गुरुङ र टेकबहादुर रानाले उम्मेद्वारी दिएका थिए ।
त्यस्तै महिलातर्फबाट क्षेत्र नं. १ बाट मिना बराम र क्षेत्र नं. २ बाट शान्ति चापागाईँ निर्वाचित भएका छन् । क्षेत्र नं. १ बाट नानीमाया थापा र मीना बरामु, क्षेत्र नं. २ बाट शान्ति चापागाईँ र गम्भीरा बराकोटीले उम्मेद्वारी दिएका थिए ।
युवातर्फबाट निर्वाचित हुनुपर्ने २ जनामध्य क्षेत्र नं. १ बाट प्रवीण अधिकारी र २ बाट सुमन श्रेष्ठ निर्वाचित भएका छन् । युवा प्रतिनिधिका लागि क्षेत्र नं. १ बाट प्रवीण श्रेष्ठ, प्रवीण अधिकारी, शैलेश लामिछाने र सञ्जित श्रेष्ठको उम्मेद्वारी परेको थियो । क्षेत्र नं. २ बाट प्रकास न्यौपाने र सुमन श्रेष्ठको उम्मेद्वारी परेको थियो ।
त्यस्तै दलित निर्वाचन क्षेत्रबाट कृष्ण नेपाली निर्वाचित भएका छन् । दलित निर्वाचत क्षेत्रकाका लागि काजिराम रोका, कृष्णबहादुर नेपाली र सचिन रोकाको उम्मेद्वारी परेको थियो ।




