| बुधबार, माघ १, २०८२

अपाङ्गता भएकालाई गोरखा जेसीजद्धारा ह्वीलचियर वितरण

अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी गोरखा जेसीजले ह्वीलचियर वितरण गरेको छ । हालसम्म सात जनालाई निशुल्क वितरण गरिसकिएको जेसीज गोरखाका अध्यक्ष सुमन गुरुङले बताए ।

ह्वीलचियर पाउनेमा गोरखा नगरपालिका–३ नारेश्वरका खड्गबहादुर बिक, मिठुमाया सिर्मल, गंगा कुमारी खड्का र पर्वत कुमाल रहेका छन् । त्यस्तै सिरानचोक गाउँपालिका–५ छोप्राकका रविन्द्र बिक र मनिष गुरुङलाई पनि वितरण गरिएको जेसीजले जनाएको छ । सिरानचोक गाउँपालिका–८ का एक व्यक्तिलाई पनि ह्वीलचियर उपलब्ध गराइएको छ । गाउँपालिका अध्यक्ष र वडाध्यक्षको रोहवरमा ह्वीलचियर वितरण गरिएको हो ।

पुर्ण अपङ्गता भएकाहरुलाई लक्षित गरी ह्वीलचियर वितरण गरिएको जेसीजका अध्यक्ष गुरुङले बताए । ‘हामीले मुख्य गरेर पुर्ण अपङ्गता भएकालाई वितरण गर्ने गरेका छौ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि प्राथमिकताका राखेका छौ ।’ अन्य पालिकामा रहेका पुर्ण अपङ्गता भएकाहरुलाई पनि ह्वीलचियर वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्