
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुनर्सँरचना समितिको संयोजकमा गोरखाका थापा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना समितिको संयोजकमा प्रकासजंग थापा चयन भएका छन् । मन्त्रीपरिषदको मंगलबारको बैठकले ६ सदस्यीय सो समितिको संयोजकमा थापालाई चयन गरेको हो ।
थापा नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष हुन् ।
नेपालको एक मात्र स्टक एक्सचेञ्ज(पुँजी बजार) कम्पनी नेप्सेलाई सुधारसहित पुनर्संरचना गर्न गठन भएको सो समितिको अन्य सदस्यहरुमा संस्थागत सदस्यहरु रहेका छन् ।
थापा गोरखा नगरपालिका ३ नारेश्वर निवासी हुन् ।
उनले सरकारले दिएको समय सीमाभित्र नेपालको पुँजीबजारको अध्ययन गरी पुनर्संरचना गर्न सुझावसहित प्रतिवेदन पेश गर्ने जनाएका छन् ।




