| बुधबार, असार ९, २०८३

राजेन गुम्बामा आयोजित स्वास्थ्य शिविरमा चारसय भन्दा धेरैले सेवा लिए

चुमनुब्री ७ छेकम्पारको राजेन गुम्बामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । केही दिनअघि गुम्बामा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा चारसय भन्दा धेरै जनाले सेवा लिएका छन् ।
कैलाश मेडिकल फाउण्डेशन(केएफएम)को सहयोग तथा फिन्डे डेण्टल केयर सेन्टर र सोनाम एड्भेञ्चरको सहआयोजनामा सम्पन्न शिविरमा ४२३ जनाले स्वास्थ्य सेवा लिएका सो फिण्डे डेण्टल केयर सेन्टर तथा सोनाम एड्भेञ्चरकी सोनाम भुटी लामाले जानकारी दिइन् ।
उनका अनुसार सो शिविरमा दन्तरोग, हाडजोर्नी, छाला रोगको उपचार सेवा प्रदान गरिएको थियो । साथै तिब्बती पद्धतिअनुसार उपचार सेवा पनि प्रदान गरिएको थियो ।
शिविरमा १० जना विशेषज्ञ चिकित्सक तथा अन्य गरी १८ जना स्वास्थ्यकर्मीले सेवा दिएका लामाले जानकारी दिइन् ।
सो अवसरमा राजेन गुम्बाको व्यवस्थापनका लागि १२० केजी चामल, ३० केजी पिठो, ३० केजी दाल र २० केजी चिनी पनि प्रदान गरिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्