| सोमवार, कार्तिक २३, २०८३

स्रोत साधनले भ्याएसम्मको काम गर्नेछु : प्रजिअ श्रेष्ठ

भर्खरै कार्यभार सम्हालेका गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले आफूले स्रोत साधनले भ्याएसम्मको काम गर्ने बताएका छन । मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन ।

‘नागरिकता र राष्ट्रिय परिचय पत्र सेवामैत्री ढङ्गले वितरण गर्नेछौँ’, उनले भने, ‘अधुरो बिकास निर्माणका योजनाहरु कार्यान्वयन गर्न लगाउनेछौँ । ठेक्का लिएर काम नगर्ने प्रवृत्ति हटाउने प्रयास गर्नेछु ।’ जिल्लाका सबै सरकारी निकायबाट प्रवाह हुने सेवासुविधा सहज ढङ्गले नागरिक समक्ष पु¥याउने प्रजिअ श्रेष्ठले बताएका छन ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका पत्रकारहरुले कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले कार्यालयको फोन नउठाउने गरेको गुनासो राखेका थिए । प्रजिअ श्रेष्ठले यस विषयमा कार्यालय प्रमुखहरुको बैठक बसेर आफ्नो कार्यालयको सूचना दिन कन्जुस्याइँ नगर्न आग्रह गर्ने बताएका थिए ।

साथै, उनले जिल्लाको उत्तरी भेगलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्