| बुधबार, असार ९, २०८३

पालुङटारको हवाई ग्राउन्डदेखि कालीआँपसम्मको सडक कालोपत्रे

पालुङटार नगरपालिकाको हवाई ग्राउण्डदेखि कालीआँपसम्मको सडक कालोपत्रे भएको छ । पालुङटार नगरपालिका वडा नं ६ अन्तरगत पर्ने सो सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ ।
कालोपत्रेका लागि शङ्खमाई निर्माण सेवासँग गत फागुनमा ठेक्का सम्झौँता भएको पालिकाका इन्जिनियर नबिन पोखरेलले बताए । यही असोज ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने सडक कालोपत्रेको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिए । अबको केही दिनभित्रमा कालोपत्रेको काम सम्पन्न हुनेगरी धमाधम काम संचालन भइरहेको उनको भनाइ छ ।
‘कुल ६०० मिटरमध्य ५०० मिटर कालोपत्रे र पक्की नाला निर्माणको काम सम्पन्न भइसक्यो’, इन्जिनियर पोखरेलले भने, ‘अब १०० मिटर सडक कालोपत्रे गर्न बाँकी छ । चाडपर्व र बेमौसमी वर्षाका कारण काममा केही ढिलाई भएको हो ।’ पालिकाको बहुवर्षीय कार्यक्रमअन्तरगत ८१ लाख ४२ हजार रुपैँया लागतमा सडक कालोपत्रे हुन लागेको उनको भनाइ छ ।
पालिकाले यो आर्थिक वर्ष २०८२÷८३ मा ६ वटा थप नयाँ सडक खण्ड कालोपत्रे गर्न लागेको इन्जिनियर पोखरेलले बताएका छन । जसमध्य ४ वटा सम्झौँताको तयारीमा रहेको र बाँकी दुई सडकखण्ड कालोपत्रेका लागि ठेक्का खोल्ने तयारी पालिकाको छ । साथै, पालिकाले यो आर्थिक वर्ष १० सडकखण्ड स्तरोन्नति गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्