| बुधबार, असार ९, २०८३

बालमन्दिर माविको भुतपूर्व विद्यार्थी संघ गठन

गोरखा सदरमुकामस्थित बालमन्दिर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन् । शनिबार सम्पन्न भेलाले भुतपूर्व विद्यार्थी संघ(एल्मुनाई एशोसिएशन) गठन गरेको हो । भेलालेपूर्व विद्यार्थी बलबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक भार्गवबाबु पाण्डेले बताए ।
समितिको उपाध्यक्षमा संजिला श्रेष्ठ, सचिवमा रोशन अधिकारी, सहसचिवमा सन्देश विक, कोषाध्यक्षमा अजय विक र सहकोषाध्यक्षमा अस्मक बस्नेत रहेका छन । यस्तै, सदस्यहरुमा अनिता घले, संसरी घले, सुनिल बराम, सलिना सुनार र नन्दमाया गुरुङ रहेका छन ।
साथै, संघको सल्लाहकार समितिमा सुदीप थापा, जयराम अधिकारी, पम्फा गान्धारी, अनिश राना र शान्ति गुरुङ रहेका विद्यालयका प्रअ पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्