| बुधबार, असार ९, २०८३

किसानहरुलाई उत्पादनमा आधारित अनुदान

जिल्लाको गण्डकी गाउँपालिकाले कृषि अनुदानको उचित व्यवस्थापन गर्न ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम संचालन गर्दै आएको छ । पालिकाले आर्थिक वर्ष २०८०÷८१ बाट उक्त कार्यक्रम लागु गरेको थियो । कार्यक्रमलाई थप व्यवस्थित बनाउन पालिकाले हाल उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर संचालनमा ल्याएको छ ।

सफ्टवेयरमार्फत कृषकहरुले दैनिक रुपमा बिक्री वितरण गर्ने कृषि सामाग्रीहरुको परिमाण अद्यावधिक गरिने पालिकाको प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाईले बताए । उनका अनुसार कृषि सफ्टवेयरबाट दैनिक रुपमा कुन किसानले कति परिमाणको कृषि सामाग्री बिक्री वितरण ग¥यो भन्ने तथ्याङ्क राख्न सकिन्छ । सोही तथ्याङ्कको आधारमा अनुदान वितरण गर्न उत्पादनमा आधारित अनुदान व्यवस्थापन सफ्टवेयर संचालनमा ल्याएको उनले जानकारी दिए ।

‘यसअघि हामीले म्यानुवल रुपमा तथ्याङ्क संकलन गर्ने गथ्र्यौ । संकलित तथ्याङक वडा हुँदै पालिकासम्म आउथ्यो अनि त्यसलाई फेरी कम्प्युटरमा इन्ट्र गरेर कसले कति कृषि सामाग्री संकलन ग¥यो, कति अनुदान पाउने भन्नी हिसाब निकाल्नु पथ्र्यो’, उनले भने, ‘पहिलाको अनुदान प्रक्रिया लामो र झन्झटिलो भएकाले सफ्टवेयर संचालनमा ल्याएका हौँ । सफ्टवेयरले अनुदान कार्यक्रममा सूचिकृत कृषकहरुले दैनिक रुपमा कुन कृषि सामाग्री, कति परिमाणमा बिक्री गरे भन्ने हिसाब राख्छ ।’ कृषकहरुले पालिकाबाट सूचिकृत कृषि सहकारीबाट मात्रै कृषि सामाग्री बिक्री वितरण गर्नुपर्ने पालिकाको प्रमुख प्रशासकिय अधिकृत चापागाई बताउँछन ।

उनी भन्छन्, ‘यस कार्यक्रमका लागी हामीले छुट्टै कार्यविधि नै बनाएका छौँ । कार्यविधि अनुसार सूचिकृत कृषकहरुले कृषि सहकारीमार्फत आफ्नो कृषि सामाग्री बिक्री गर्छ । सहकारीले कुन किसानले कति परिमाणको कृषि सामाग्री बिक्री ग¥यो भन्ने हिसाब राखेर पालिकाको सफ्टवेयरमा इन्ट्री गर्छ ।’ कृषि सामाग्रीको परिमाणका आधारमा एक किलो बराबर निश्चित रकम अनुदान दिने उनले बताएका छन ।

‘जुन कुनै जातको तरकारीमा केजीको दुई रुपैँया, फलफुलअन्तरगत सुन्तलामा केजीको चार रुपैँया, खाद्यन्न बालीअन्तरगत कोदोमा केजीको पाँच रुपैँया, अण्डा प्रति किरेट पाँच रुपैँया र मासुमा प्रतिकेजी दश रुपैँया अनुदान दिने प्रावधान छ’, उनले भने । उत्पादनमा आधारित अनुदान कार्यक्रममा पालिकाभित्रका एक हजार बढी कृषकहरु आवद्ध रहेको उनले जनाकारी दिए । गत वर्ष मात्र यही कार्यक्रममार्फत केही किसानहरुले डेढ लाखसम्म अनुदान पाएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत भुवन चापागाईको भनाई छ ।

यसअघि संचालनमा आएका कृषि अनुदान कार्यक्रमहरु लक्षित वर्गसम्म नपुगेका र ती कार्यक्रमहरुको उचित व्यवस्थापन नहुँदा अनुदानको दुरुपयोग भएकाले उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रम संचालन गरेको गण्डकी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्