| बिहिबार, असार १०, २०८३

चार महिनामै फेरिए गोरखाका सिडिओ

गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको चार महिनामै सरुवा भएको छ । गृह मन्त्रालयले आइतवार गरेको बिभिन्न जिल्लाका प्रजिअको सरुवा अन्तरगत कडरीया पनि सरुवा भएको हो ।

उनी गोरखा आएको चार महिना मात्रै भएको छ । गत असार पहिलो साता प्रजिअको रुपमा उनी गोरखा आएका थिए । मन्त्रालयका अनुसार उनलाई प्रजिअको रुपमा सर्लाही सरुवा गरिएको हो ।

गोरखाको नयाँ प्रजिअको रुपमा तुलसीबहादुर श्रेष्ठ आउने भएका छन् ।

सर्लाहीबाट उनको गोरखा सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्