| बिहिबार, असार १०, २०८३

आँबुखैरेनी–मुग्लिन सडक सोमवार राती दुई घण्टा बन्द हुने

आँबुखैरेनी–मुग्लिन सडक खण्ड सोमवार राती दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै राती १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको प्रशासकीय अधिकृत सिर्जना रेग्मीले बताइन् । ‘पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधीभर सडकमा यातायात संचालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेका हो,’ उनले भनिन् ।

सो अवधिभर यातायात संचालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहूँले पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्