
काशीगाउँमा तीन महिने लामा काण्ड शिविर सम्पन्न
धार्चेको काशीगाउँमा तीन महिने लामा काण्ड शिविर सम्पन्न भएको छ । काशीगाउँको साम्दे छ्योलिङ गुम्बाको आयोजनामा असार २० गतेबाट सुरु भएको शिविर गत शुक्रबार सम्पन्न भएको हो ।
शिविरमा सहभागिहरुलाई बुद्ध शिक्षा अन्तरगतको लामा काण्ड शिक्षा दिइएको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् । गुरुङका अनुसार शिविरमा आरुघाट र धार्चे गाउँपालिकाका २७ जना लामा तथा आनिहरुले लामा काण्ड शिक्षा लिएका छन् ।
‘शिविरमा सहभागिहरुले बुद्ध धर्म अन्तरगत जन्मदेखि मृत्युसम्मको कर्मकाण्डको बारेका शिक्षा लिएका छन’, उनले भनिन् । बुद्ध धर्म तथा संस्कृति संरक्षण गर्ने उदेश्य सहित शिविर संचालन गरिएको उपाध्यक्ष गुरुङको भनाई छ ।




