| सोमवार, कार्तिक २३, २०८३

लायन्स क्लव अफ गोरखा आर्खेत गठन

गोरखाको आर्खेतमा लायन्स क्लव गठन भएको छ । क्लवको संस्थापक अध्यक्षमा परिचित अधिकारी चयन भएका छन् ।
अधिकारीको नेतृत्वमा गठित लायन्स क्लवको प्रथम संस्थापक उपाध्यक्षमा धनेन्द्र धमला चयन भएका छन् । त्यस्तै द्वितीय संस्थापक उपाध्यक्षमा पूर्ण दाहाल र तृतीय संस्थापक उपाध्यक्षमा रविन्द्र नेपाली चयन भएका छन् ।

साथै क्लवका संस्थापक सचिवमा विशाल लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा सूर्यप्रसाद दाहाल चयन भएका छन् ।
क्लवका संस्थापक सदस्यहरुमा भीमबहादुर धमला, गोविन्दबहादुर नेपाली, रामकृष्ण अर्याल, भीमकुमार श्रेष्ठ, ध्रुवकुमार दाहाल, धनबहादुर गुरुङ, सन्दीप श्रेष्ठ, दिनेश श्रेष्ठ, नवराज लामिछाने, राजु न्यौपाने र बाबुराम धमला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्