| सोमवार, कार्तिक २३, २०८३

भीमोदय क्याम्पसको नवनिर्मित छात्रवास भवन उद्घाटन

आरुघाटस्थित भीमोदय बहुमुखी क्याम्पसको नवनिर्मित छात्रवास भवनको उद्घाटन भएको छ ।लायन्स क्लव अफ गोरखा आरुघाटको समन्वयमा लायन्स इन्टरनेशनल र आरुघाट गाउँपालिकाको आर्थिक सहयोगमा निर्मित छात्रवास भवनको उद्घाटन गरिएको हो ।

एक करोड ७८ लाख रुपैयाँमा आरुघाट गाउँपालिका ९ आरुटारमा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, लायन्स डिस्ट्रिक्ट गभर्नर मिलनबाबु मल्ल, लायन्स क्लवका पूर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, भूतपूर्व डिस्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहट्टा, भीमोदय बहुमुखी क्याम्पसका अध्यक्ष तथा जग्गादाता गणेशकुमार श्रेष्ठ लगायतको उपस्थितिमा उद्घाटन भएको हो ।

लायन्स क्लव अफ गोरखा आरुघाटका अध्यक्ष टीकानारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो भवन निर्माणका लागि लायन्स इन्टरनेशनको ९९ हजार ९४५ अमेरिकी डलर र १५ लाख रुपैयाँ साझेदारीमा भवन निर्माण भएको थियो । भवन निर्माणका लागि गणेशकुमार श्रेष्ठलगायतले १७ आना जग्गा दान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्