| बिहिबार, असार १०, २०८३

द्रव्यशाह क्याम्पसको संचालक समिति अध्यक्षमा मनोज धिताल

द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मिबजारको संचालक समिति अध्यक्षमा मनोजप्रसाद धिताल चयन भएका छन् । शनिबार बसेको १२ औँ क्याम्पस सभा तथा चौँथो अधिवेशनले धितालको अध्यक्षतामा ५ सदस्ययी समिति सर्वसम्वत रुपमा गठन गरेको हो ।
जसको सदस्यहरुमा पूर्व क्याम्पस प्रमुख दिलिप देवकोटा, शंकर बहादुर कुँवर, शरण श्रेष्ठ, टेक बहादुर राना र ज्ञानहरी अर्याल रहेको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।

सभामा क्याम्पसको शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै क्याम्पसका कोषाध्यक्ष इश्वरकाजी मास्केले आगामी बर्षको बजेट प्रस्तुत गरेको उनले जानकारी दिए । उनका अनुसार क्याम्पसका लागी आगामी वर्ष चार करोड १५ लाख ४७ हजार ५ सय रुपैँयाको आय व्यय तथा बार्षिक बजेट पेश भएको छ । अधिवेशनले यस बर्ष देखि स्नातक तहमा बी बी ए र स्नातकोत्तर तहमा एम ए समाजशास्त्र विषय थप गर्नुपर्ने प्रस्ताव पारित गरेको क्याम्पस प्रमुख अधिकारीको भनाई छ ।
क्याम्पसको निवर्तमान अध्यक्ष शित्तलकाजी मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, नगरपालिकाकी उप–प्रमुख मसली माया थोकर, गोरखा नगरपालिका वडा नं ९ का वडाध्यक्ष एवं स्थानिय अभिभावक समितिका संयोजक कुल बहादुर कुँवर, क्याम्पसका संस्थापक सदस्यहरु बद्री बहादुर मास्के, पुरुषोत्तम अर्याल, पूर्व क्याम्पस प्रमुख दिलिप देवकोटा, आजिवन सदस्यहरु मोहनलाल श्रेष्ठ, रोलक बहादुर थापा, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवान बाबु मास्के, प्राध्यापक संघका अध्यक्ष कुशललाल श्रेष्ठ, स्ववियु सभापति अविन श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्