| बिहिबार, असार १०, २०८३

मेला महोत्सव गर्न प्रशासनको अनुमति अनिवार्य

प्रशासन कार्यालयको अनुमित बिना जिल्लामा मेला महोत्सव गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै प्रशासनको स्वीकृती लिएर मात्रै मेला महोत्सव गर्न आग्रह गरेको छ । देशको परिस्थिती र सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै मेला महोत्सव गर्नुअघि स्वीकृती अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

‘अहिले परिस्थिति फरक छ, सबैको नियत राम्रो हुन्छ भन्ने छैन,’ उनले भने, ‘भिडभाड हुने कार्यक्रममा खराव नियत भएका मान्छेहरु पनि आउन सक्ने र अपराधजन्य घटना घटाउन सक्ने सम्भावना पनि रहन्छ ।’ पालिकामा हुने मेला महोत्सवका लागि प्रशासनको स्वीकृति लिन भन्दै सबै स्थानीय तहलाई पत्राचार समेत गरिएको उनले बताए ।

यसअघि सम्बन्धित स्थानीय तहसँग अनुमति लिएर मेला महोत्सव गर्न पाउने प्रावधान थियो । तर अव भने प्रशासन कार्यालयको पनि स्वीकृति लिनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्