| सोमवार, कार्तिक २३, २०८३

मनकामनाका कालुराम थापा चार दिनदेखि बेपत्ता

मनकामनाका कालुराम भनिने सुर्यबहादुर थापा विगत चार दिनदेखि बेपत्ता छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा गत आईतबारदेखि बेपत्ता भएका आफन्तजनले जानकारी दिएका छन् ।

मनकामना जीर्णोद्वार समितिमा कार्यरत उनी आईतबार बिहान घरबाट अफिस जान्छु भनेर हिँडेका उनको आफन्त सलिना थापाले बताइन् । ‘बिहानै अफिस जान्छु भनेर निस्कनु भएको हो । तर, अफिस नि जानुभएनछ । सम्पर्कमा पनि हुनुहुन्न । फोन पनि स्वीच अफ छ’, उनले भनिन् ।

कालुराम थापालाई अन्तिम पटक आइतबार बिहान ८ बजेर १५ मिनेटमा केवलकारको तल्लो स्टेशनमा देखिएको मनकामना जीर्णद्वार समितिका कोषाअध्यक्ष कृष्णबाबु श्रेष्ठले बताए । थापाको खोजीकार्य भइरहेको श्रेष्ठले जानकारी दिए । हराइरहेका उनलाई कसैले देखेमा ९८१७१६३९७७ वा ९८४१५०६१९८ मा खबर गरिदिन आफन्तहरुको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्