| आइतवार, मंसिर १, २०८२

बढि भाडा लिएको गुनासो आएपछि सिडिओ, एसपीद्वारा अनुगमन

चाडबाडको मेलो पारेर यातायात व्यवसायीले यात्रुसंग बढि भाडा असुलेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखसमेतले यातायात क्षेत्रको अनुगमन गरेका छन् ।
दशैं सकेर कार्यक्षेत्रतर्फ फर्कने यात्रुहरुसंग सार्वजनिक यातायात सञ्चालकहरुले दोब्बरसम्म बढि भाडा असुलेको गुनासो आएपछि मंगलबार बिहान प्रजिअ रामुराज कडरिया, एसपी भरत बिकसहितको टोलीले बसपार्क, हरमटारीचोक तथा बारकिलो बजारमा गई यातायात क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा यात्रुहरुलाई व्यवस्थित गराएको, बढि भाडा तिरेका यात्रुहरुलाई बढि भाडा फिर्ता गराएको एसपी भरत बिकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्