| आइतवार, मंसिर १, २०८२

लार्के सडक माछाखोलासम्म सुचारु, तातोपानीमाथि पैदलयात्रुलाई मात्र खुल्ला

दुई दिनको झरीपछि पहिरोका कारण अवरुद्ध भएको बेनिघाट लार्के सडक माछाखोलासम्म निर्वाध रुपमा यातयात चल्न सक्ने भएको छ । आइतबार दिउसो खानीवेशीको पहिरो हटाएपछि माछाखोलासम्म सवारी साधन चल्न सक्ने भएको स्थानीयले जानकारी दिएका छन् ।

तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । सो पहिरोमा स्थानीयले खनेर पैदलयात्रुलाई हिड्न मिल्ने बनाएका छन् । आइतबारदेखि सो रुटमा पदयात्रु नरोकिएका जगतकी स्थानीयबासी रञ्जना ढकालले जानकारी दिइन् । ‘झरी रोकिएपछि मात्र त्यहाँ डोजर लगाएर पहिरो हटाउने समझदारी भएको छ त्यतिञ्जेलका लागि मान्छे हिड्न मिल्ने बाटो बनाएका छन्’, उनले भनिन्, ‘अहिले यात्रु धमाधम हिडिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्