| सोमवार, साउन ३, २०८३

सिरानचोकले ग¥यो दशैँ लक्षित खसी–बोका प्रदर्शनी मेला

जिल्लाको सिरानचोक गाउँपालिकाले दशैँ लक्षित ‘प्रथम खसी बोका प्रदर्शनी –२०८२’ सम्पन्न गरेको छ । स्थानियस्तरमा उत्पादित खसी बोका बिक्री वितरणका लागी सहजीकरण गर्न भन्दै गाउँपालिकाले बुधबार उक्त कार्यक्रम संचालन गरेको हो ।
खसी बोका प्रदर्शनीमा सिरानचोक गाउँपालिका–७ का दिपक थापाले ल्याएको ७४ केजीको खसी प्रथम भएको छ ।

यस्तै, सिरानचोक–४ का नारायण पोखरेलको ७० केजीको खसी दोस्रो, वडा नं ५ का राजेन्द्र पोखरेलको ५८ केजीको खसी तेस्रो र वडा नं ७ मा रहेको सन्तान बाबा कृषि फारमले प्रदर्शनीमा ल्याएको ५७ केजीको खसी सान्त्वना भएको गाउँपालिकाले जनाएको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमश रु १५ हजार, १० हजार, ७५ सय र ५ हजार नगद पुरस्कार प्राप्त गरेको गाउँपालिकाको पशु शाखाका नवराज अधिकारीले बताए ।

‘कार्यक्रमकै अवसरमा पालिकाले चार जना कृषकहरु भिमकुमार श्रेष्ठ, दिपक श्रेष्ठ, तिलकबाबु गोतामे र सितादेवी घिमिरेलाई सम्मान गरेको छ’, उनले भने, ‘उहाँहरुलाई नगद रु पाँच–पाँच हजारले सम्मान गरेको हो ।’ खसी–बोका प्रदर्शनी मेलामा गाउँपालिकाभित्रका १४६ खसी बोकाहरु प्रदर्शनीमा ल्याइएको उनले जानकारी दिए । जसमध्ये ४० वटा खसी बोका बिक्री वितरण भएको उनको भनाई छ ।

सिरानचोक गाउँपालिका वडा नं ५ का कार्यवहाक अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षता एवं गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत ठाकुरप्रसाद अर्याललको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्