| मङ्लबार, भदौ ८, २०८३

सामागाउँकी २२ बर्षकी छिरिङ डिकीद्वारा मनास्लु आरोहण

मनास्लु हिमाल रहेको चुमनुब्री १ सामागाउँकी २२ बर्षकी छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी लामाले मंगलबार बिहान १०ः५० बजे मनास्लुको शिखर चुमेकी उनकी दिदी आरोही नाङ्सल छोदेन लामाले जानकारी दिइन् ।

छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी हुन् । उनी गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुन् । उनीसंगै मनास्लु आरोहण गर्ने सामागाउँका चार जना भएका छन् । यसअघि सामागाउँका डिकी ल्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्