| बुधबार, बैशाख २९, २०८३

महान्याधिवक्तामा सविता भण्डारी नियुक्त

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले महान्याधिवक्तामा सविता भण्डारीलाई नियुक्त गरेकी छिन् । आइतबार उनले भण्डारीलाई सपथ समेत खुवाएकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीबाट आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त भएकी भण्डारी आफू जतिसक्दो राम्रो काममात्र गर्ने, नराम्रो काम नगर्ने बताएकी छिन् । उनले अगाडि भनिन्, ‘म कुनै पनि किसिमको फट्याइँ काम गर्दिनँ । सबैबाट सहयोग पाउने आशा गरेको छु’ ।

प्रथम महिला प्रधानन्यायधिश र प्रथम महिला प्रधानमन्त्रीको संज्ञा पाएकी सुशीला कार्कीले सबिता भण्डारीलाई नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्