
गोरखामा सार्वजनिक सवारी साधन चल्न थाल्यो
गोरखामा सार्वजनिक सवारी चल्न थालेका छन् । गत मंगलवारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधान शनिवारबाट चल्न थालेका हुन् ।
जेनजी आन्दोलनका कारण जिल्लाभित्र र बाहिर सार्वजनिक यातायात संचालन हुन सकेको थिएन । आन्दोलनबाट उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै गोरखासहित देशभर निषेधाज्ञा तथा कफ्र्यू लगाइएको थियो ।
शुक्रवारबाट जिल्लामा कफ्र्यू हटेपनि शनिवारबाट मात्रै सार्वजनिक सवारी चल्न थालेको हो । जिल्लाबाट काठमाडौै, चितवन, पोखरा लगायतका ठाउँमा पनि सवारीहरु पठाउन थालिएको यातायात प्रालिहरुले जनाएका छन् ।




