| मङ्लबार, कार्तिक २४, २०८३

राज्यले गरेको दमनको गोरखाका मोवाइल व्यवसायीद्धारा बिरोध

जेनजीको प्रदर्शनमा राज्यले गरेको दमनको बिरोधमा गोरखाका मोवाइल व्यवसायीहरु पनि उत्रिएका छन् ।

राज्यको दमन बिरुद्ध मंगलवार हरमटारीचोकमा हुने जेन्जी बिरोध सभामा एक्यवद्धता जनाउँदै उनीहरुले आज तीन घण्टा पसल बन्द गर्ने निर्णय गरेका छन् । मंगलवार बिज्ञप्ती जारी गर्दै नेपाल मोवाइल व्यवसायी महासंघ जिल्ला कार्यसमिति गोरखाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासंघले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्