| मङ्लबार, कार्तिक २४, २०८३

राज्यको दमनप्रति स्ववियू गोरखा क्याम्पसको बिरोध, मृतकको सम्झनामा दीप प्रज्वलन

जेनजी युवाहरुको प्रदर्शनमा सोमवार राज्यले गरेको दमनप्रति स्ववियू गोरखा क्याम्पसले बिरोध जनाएको छ । उक्त घटनाको भत्र्सना गर्दै स्ववियूले मंगलवार प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

क्याम्पस परिसरमा भएको कार्यक्रममा बिद्यार्थी, शिक्षक र कर्मचारीहरु सहभागी थिए । उनीहरुले मृतक प्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

जेनजी युवाहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर हालसम्म १९ जनाको ज्यान गइसकेको छ भने पाँच सयभन्दा बढी घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्