| शनिबार, अशोज ९, २०८३

जेन जी आन्दोलन : गोरखाका शैक्षिक संस्था बन्द

जेन जी युवाहरुको सोमवारको आन्दोलनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन् ।

यस परिस्थितिमा बिद्यालय संचालन गर्न कठिन हुने भन्दै पालिकाभित्रका सामुदायिक र संस्थागत बिद्यालयमा शोक बिदा दिने निर्णय गरिएको पालिकाहरुले बताएका छन् ।

द्रव्यशाह बहुमुखी क्याम्पसले तीन दिन पठनपाठन बन्द रहने जनाएको छ । मंगलवार सूचना जारी गर्दै बिहीवारसम्म पठनपाठन बन्द हुने र दुई दिन क्याम्पसको प्रशासनिक कार्य पनि स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्