
बलिदानको मूल्य र सांस्कृतिक रुपान्तरण विषयक अन्तरक्रिया
माओवादी जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी)को २६ औ स्मृति दिवसमा गोरखामा बलिदानको मूल्य र सांस्कृतिक रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
सहिद सुरेश वाग्ले(बासु) स्मृति प्रतिष्ठान नेपाल(गोरखा) तथा इच्छुक सांस्कृतिक प्रतिष्ठान नेपाल(काठमाडौं)को संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुखीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ न्यौपानेले ‘बलिदानको मूल्य र सांस्कृतिक रुपान्तरण’ विषयक कार्यपत्र पेश गरेका थिए । सो कार्यपत्रमाथि प्रा.डा. जगदीशचन्द्र भण्डारी र साहित्यकार मित्रलाल पँगेनीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लेखबहादुर थापा, नेकपा (एकीकृत समाजवादी)का विश्वेश्वर कट्टेल, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नारायण अधिकारी, नेकपाका योगेन्द्र कुमालले श्रद्धाञ्जली मन्तव्य ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा मोदनाथ मरहट्टाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । जानकाु गौतम, कविता राय, गौरी देवकोटा, विष्णु काप्री, रमेश थापा, रुद्र पोखरेल, नन्दिश अधिकारी, प्रेमप्रसाद न्यौपाने र अनिल श्रेष्ठले कविता वाचन गरेका थिए ।




