
पालुङ्टारमा कुसोमका विद्यार्थीहरूको ग्रामीण उद्यम सेवा
काठमाडौं विश्वविद्यालय व्यवस्थापन विद्यालय(कुसोम)का पाँच जना विद्यार्थी ग्रामीण उद्यम सेवा कार्यक्रम अन्तर्गत गोरखाको पालुङ्टार नगरपालिका–२ स्थित पालुङ्टार पोल्ट्री प्रालिमा प्राविधिक तथा व्यवस्थापकीय अध्ययनका लागि आइपुगेका छन् ।
विश्वविद्यालयकी सहायक प्राध्यापक सबिना बानियाँ क्षेत्री पोखरेलको प्रत्यक्ष पर्यवेक्षणमा सो टोली गोरखाको पालुङ्टारको पोल्ट्रीफर्म पुगेको हो ।
टोलीमा निशान दवाडी, शिवानी शर्मा, मुश्येम जवेगु, महिप बज्राचार्य र कृतिका गुरागाईं रहेका छन् । विद्यार्थीहरूले १५ दिनसम्म पालुङ्टार नगरपालिकामा बसोबास गर्दै उद्यमसँग सम्बन्धित व्यवस्थापन प्रणाली, उत्पादन प्रक्रिया, श्रम व्यवस्थापन, बजार बिस्तार र चुनौतीहरूबारे प्रत्यक्ष अध्ययन गर्नेछन् । साथै, उनीहरूले आफ्नो सैद्धान्तिक ज्ञान र सीप प्रयोग गरी उद्यम र नगरपालिकाको दीर्घकालीन फाइदाका लागि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
पालुङटार पोल्ट्री प्रालि. स्थानीयस्तरमा प्रमुख उत्पादनमुखी उद्यमका रूपमा परिचित छ । विद्यार्थीहरूले त्यहाँ अध्ययन मात्र नभई सुधारका सम्भावना पहिचान गर्ने, व्यवसायिक व्यवस्थापनमा नवीन सोच प्रस्तुत गर्ने र नगरपालिकासँग मिलेर दिगो ग्रामीण उद्यम विकासमा सहयोग गर्ने योजना बनाएका छन् ।
सहायक प्राध्यापक पोखरेलका अनुसार, विद्यार्थीहरूले १५ दिनको अध्ययनमा ग्रामीण उद्यमलाई सहयोग पु¥याउने, नयाँ विचारहरू प्रस्तुत गर्ने र आफ्नो ज्ञानलाई व्यवहारमा उतार्ने मौका पाउनेछन् । यसले उद्यम, नगरपालिका र विद्यार्थी तीनै पक्षका लागि लाभदायी नतिजा दिनेछ ।




