| मङ्लबार, कार्तिक २४, २०८३

वाइसीएल गोरखाले सुरु ग¥यो श्रम तथा उत्पादन अभियान

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल गोरखाले श्रम तथा उत्पादन अभियानको सुरु गरेको छ । वाइसीएल गोरखाले बुधबारदेखि श्रम तथा उत्पादन अभियान सुरु गरेको जिल्ला इन्चार्ज सागर श्रेष्ठले बताए

गोरखा नगरपालिका १० र ११ को सिमानामा पर्ने सिर्दि खोलामा तटबन्ध तथा सिचाईं कुलो निर्माण कार्य सुरु गरेर अभियानको प्रारम्भ गरिएको जिल्ला इन्चार्ज श्रेष्ठले बताए । वाइसीएलले निर्माण सुरु गरेको तटबन्ध तथा सिचाईं कुलोबाट १५० घरधुरी लाभान्वित हुने उनले जानकारी दिए ।

सोही अभियान अन्तरगत पैदलयात्रुहरुको सहजताका लागि सदरमुकामको हरमटारी चोक, शक्ति चोक र हस्पिटल चोकमा जेब्राक्रस बनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्