
गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुसहित १४५ जनालाई सहकारी सुरक्षा सचेतनाबारे प्रशिक्षण गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सहकारी संस्था सञ्चालकहरुले अपनाउनु पर्ने सुरक्षा सतर्कता बिषयमा गोरखाका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले सहजिकरण गरेका थिए ।
सहकारी सञ्चालकहरुले सामान्य खालको सुरक्षाका उपायहरु नअपनाउँदा चोरीका घटनाहरु बढ्दै गएको एसपी विकले बताएका थिए । चोरीका घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरक्षित तथा बलियो भल्टको प्रयोग, सिसिटिभि जडान, क्यासलेस ट्रान्जेक्सन तथा सुरक्षा गार्डको व्यवस्थालगायतका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बहादुर बिक को अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।




