
कृषि ज्ञान केन्द्रको आलु प्रशोधन कार्यक्रममा सबैभन्दा धेरै प्रगति
कृषि ज्ञान केन्द्र गोरखाको आर्थिक वर्ष २०८१/०८२ को कार्यप्रगति ७४ प्रतिशत रहेको छ । चालु(प्रशासनिक) खर्चतर्फ ६७.८१ र पूँजीगत(कार्यक्रम खर्च)तर्फ ७८.८४ प्रतिशत प्रगति हाँसिल गरेको कार्यालयले जनाएको छ । कार्यालयले समुदायस्तरमा खायन÷प्रशोधनयोग्य आलु प्रवद्र्धन योजनामा सबैभन्दा धेरै प्रगति गरेको छ ।
उक्त योजनामा ९१.९९ प्रतिशत प्रगति हासिल गरेको कृषि ज्ञान केन्द्र गोरखाका सूचना अधिकारी सुमन भट्टराईले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा कृषि प्रसार तथा तालिम आयोजनाका लागि रु २० लाख २५ हजार बिनियोजन भएको थियो । जसमध्य ६४.७६ प्रतिशत अर्थात १३ लाख ११ हजार रुपैँया मात्र खर्च भएको हो । चैतेधान प्रवद्र्धन योजनाको प्रगति ६८.६० प्रतिशत रहेको भट्टराईले बताएका छन् । यस्तै, सुन्तला जात फलफुल विकास आयोजनाको प्रगति ७१.३४ प्रतिशत र तरकारी बाली प्रवद्र्धन आयोजनाको प्रगति ८२.५७ प्रतिशत रहेको उनको भनाइ छ ।
गत आर्थिक वर्ष कार्यालय मार्फत संचालन भएको खाद्यन्न बाली प्रवद्र्धन आयोजनाको प्रगति ७६.७७ प्रतिशत रहेको उल्लेख छ । फलफुल बाली विकास आयोजनाको प्रगति ९०.२५ प्रतिशत रहेको छ भने कृषि तथ्याङ्क तथा बजार विकास आयोजनाको प्रगति जम्मा ३७.४६ प्रतिशत रहेको छ । कार्यालयले बीउ उत्पादन प्रवद्र्धन आयोजनाअन्तरगत ७०.०५ प्रतिशत प्रगति प्राप्त गरेको छ । मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन आयोजनाको प्रगति ८१.७४ प्रतिशत रहेको छ भने रैथाने बाली प्रवद्र्धन आयोजनाको प्रगति ९४.८८ प्रतिशत रहेको छ ।
कृषि ज्ञान केन्द्रले जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रममा ९६.७८ प्रतिशत प्रगति प्राप्त गरेको छ । यसैगरी, पोषण सुरक्षा कार्यक्रममा ८९.०१ प्रतिशत र मकैबाली प्रवद्र्धन र क्षेत्र विस्तार कार्यक्रममा ७०.५४ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।




