| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स तथा लियो क्लवको पदस्थापन कार्यक्रम

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत गोरखा एरियामा रहेका रिजन ९, जोन १८ र १९ का लायन्स तथा लियो क्लवका बर्ष २०२५/०२६ का निर्वाचित पदाधिकारीहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ गोरखका अध्यक्ष सुजन कुँबरको अध्यक्षतामा शनिबार उद्घाटन भएको कार्यक्रम नव निर्वाचित अध्यक्ष अयोध्या जोशीको अध्यक्षतामा समापन भएको थियो ।

कार्यक्रममा लायन्स क्लव अफ गोरखाका बर्ष २०२४/०२५ का अध्यक्ष सुजन कुँबरले बर्ष २०२५/०२६ का अध्यक्ष अयोध्या जोशीलाई पद हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा लायन्स क्लव अफ गोरखा आरुघाटका बर्ष २०२४/०२५ का अध्यक्ष टिकानारायण श्रेष्ठले बर्ष २०२५/०२६ का अध्यक्ष शत्रुघन श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा लायन्स क्लव अफ गोरखा कालिकाका बर्ष २०२४/०२५ की अध्यक्ष शारदा खत्रीले बर्ष २०२५÷०२६ की अध्यक्ष सरिता मास्केलाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा लायन्स क्लव अफ गोरखा तारानगरका बर्ष २०२४/०२५ का अध्यक्ष गणेश बानियाँले बर्ष २०२५÷०२६ का अध्यक्ष नवीन घिमिरेलाई पद हस्तान्तरण गरेका थिए । साथै कार्यक्रममा लायन्स क्लव अफ गोरखा डाइमण्डका बर्ष २०२४÷०२५ का अध्यक्ष विकास परियारले बर्ष २०२५÷०२६ का अध्यक्ष किसान थापालाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा लायन्स क्लव अफ गोरखा बज्र कालिकाकी बर्ष २०२४÷०२५ की अध्यक्ष शान्तमाया श्रेष्ठले बर्ष २०२५/०२६ की अध्यक्ष प्रमिला डंगोललाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा लायन्स क्लव अफ गोरखा वल्डक्यापिटका बर्ष २०२४/०२५ का अध्यक्ष सुरेन्द्र कुँबरले बर्ष २०२५/०२६ का लागि कार्यकाल दोहो¥याएका अध्यक्ष सुरेन्द्र कुँबरलाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा लियो क्लव अफ गोरखाका बर्ष २०२४/०२५ का अध्यक्ष मिलन उपरकोटीले बर्ष २०२५/०२६ का अध्यक्ष राज गुरुङलाई पद हस्तान्तरण गरेका थिए । लियो क्लव अफ गोरखा तारानगरका बर्ष २०२४/०२५ की अध्यक्ष अञ्जना राना भुजेलले बर्ष २०२५/०२६ का अध्यक्ष कुशल शर्मालाई पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, विशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जेका गभर्नर मिलन मल्ल, विशिष्ट अतिथिहरु गोरखा नगरपालिकाका मेयर कृष्ण राना, आरुघाट गाउँपालिकाका प्रमुख राजु गुरुङ, लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष लक्ष्मणबाबु आचार्य लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्