| सोमवार, कार्तिक २३, २०८३

प्रशान्त सिलवाल हराएको १० दिनपछि मृत भेटिए

सिरानचोक गाउँपालिका–८ जौबारीका प्रशान्त सिलवाल घरबाट सम्पर्कबिहिन भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । काठमाडौंमा पसल गरी बस्ने ४२ वर्षका सिलवाल मंगलबार नवलपरासीको त्रिवेणी नदीको बाँधमा मृत अवस्थामा फेला परेका मृतकका आफन्त दिपक कँडेलले बताए ।
उनको शव नवलपरासीको मध्यबिन्दु अस्पतालमा पोष्टमार्टम गरेर देवघाटमा अन्त्येष्टि गर्ने उनले बताए । मृतक प्रशान्त सिलवाल गत असार २८ गते बिहानदेखि काठमाडौंस्थित पसलबाट सम्पर्कबिहीन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्