| मङ्लबार, कार्तिक २४, २०८३

शक्ति माविले तयार ग¥यो तीन बर्षे शैक्षिक योजना

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयले आगामी तीन बर्षका लागि शैक्षिक योजना तयार गरेको छ । शैक्षिक गुणस्तर बृद्धिका लागि भन्दै शनिवार सम्पन्न योजना तर्जुमा गोष्ठीले आगामी तीन बर्षका लागि शैक्षिक योजना तयार गरेको हो ।

आगामी तीन बर्ष बिद्यालयले नतिजा सुधार, नतिजा बिश्लेषण तथा पृष्ठपोषण, शिक्षक तालिम तथा प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्ने भएको छ । त्यस्तै समुदायसँग सम्बन्ध विस्तार गर्दै बिद्यार्थी लक्षित व्यक्तित्व बिकास एवं चेतनामूलक कार्यक्रम संचालन गर्ने योजना बनाइएको बिद्यालयले जनाएको छ । बिद्यालयको भौतिक संरचना सुधारका लागि पनि बिभिन्न योजना बनाइएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रममा शक्ति एल्मुनाईका अध्यक्ष रामशरण वानिया, प्रधानध्यापक राजेन्द्र अधिकारी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्