| शनिबार, अशोज ९, २०८३

एसइई उत्तीर्ण विद्यार्थीलाई अभिमुखिकरण

गोरखाको विभिन्न विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । नेपाली काँग्रेस प्रदेश तथा स्थानीय विभाग पोखराको आयोजना र जिल्ला कार्यसमिति गोरखाको समन्वयमा २०८१ सालको एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई तथा सम्मान र अभिमुखकरण गरिएको हो ।

कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मणबाबु आर्चाय, नेबिसंघका केन्द्रीय सदस्य सुबास अधिकारी र शिक्षा विभागका केन्द्रीय सदस्य किरण भट्टले नेपालको शिक्षा, अवसर, सम्भावना र विद्यार्थीहरुलाई आवश्यक जानकारी एवं उत्प्रेरणामुलक सन्देशहरुबारे अभिमुखिकरण गराएका थिए । एक कार्यक्रमका बीच विद्यार्थाीहरुलाई अबिर लगाएर सम्मानपत्रसहित डायरी प्रदान गरिएका थिए ।

विभागका प्रमुख पूर्णबहादुर दाहालको अध्यक्ष्यता तथा केन्द्रीय सदस्य अब्दुल सतारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखाका पार्टी सभापती एवं नेपाली काँग्रेस गण्डकी प्रदेश सभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने नेपाली काँग्रेसका महासमिति सदस्य राजनराज पन्त, क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, महिला संघकी अध्यक्ष मनकुमारी गुरुङ, तरुण दलकी केन्द्रीय सदस्य रीता परियार, नेपाली काँग्रेस पालुङटारका सभापति बिमल ढकाल, नेबिसंघका जिल्ला अध्यक्ष शिबहरि तिमिल्सीना, प्रेस युनियनका अध्यक्ष एवं पत्रकार महासंघका अध्यक्ष नरेन्द्र ढकाल लागतयले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्