| शनिबार, अशोज ९, २०८३

मोर्डन सेकेण्डरी बोर्डिङका ४ जिपिए ल्याउने विद्यार्थी सम्मानित

मोर्डन सेकण्डरी इङ्लिस बोर्डिङ स्कूलबाट हालै सार्वजनिक एसईईको नतिजामा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । २०८१ को एसईईमा सर्वोत्कृष्ठ नतिजा ४ जिपिए ल्याउन सफल सार्थक बगालेलाई सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल सिताराम तिवारीले जानकारी दिए ।

बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत र सम्मानित गरिएको उनले बताए । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षकहरुको उपस्थितिमा संस्थापक प्रिन्सिपल तिवारी र व्यवस्थापन समितिका अध्यक्ष बाबुराम तिवारीले सम्मान गरेका हुन् । दोसल्ला, सम्मान पत्र र नगद रु ४० हजार प्रदान गरी उत्कृष्ठ विद्यार्थी बगालेलाई सम्मान गरिएको तिवारीले जानकारी दिए ।

साथै उत्कृष्ठ नतिजाका लागि खटिने शिक्षकहरु हेमन्त आचार्य, सविता सिँखडा, गोपाल खनखवास, रोशन नहर्की, गोमा सापकोटा अर्याल र बबिता श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्