
ग्याँस सिलिण्डर प्रयोग र जोखिम बारे सचेतना
जिल्लामा ग्याँस सिलिण्डर गुणस्तर र उपभोक्ता अधिकार विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कञ्जुमर आई नेपालको आयोजना तथा नेपाल आयल निगमको सहयोगमा बिहीवार कार्यक्रम भएको हो ।
‘स्वच्छ र प्रतिस्पर्धा बजार उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारासहित कार्यक्रममा सहभागीहरुलाई ग्याँस सिलिण्डर प्रयोग तथा त्यसबाट हुन सक्ने जोखिम र न्यूनिकरणबारे जानकारी गराइएको थियो ।
पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख अमर नेपालीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लागायतको उपस्थिती रहेको थियो ।




