| शनिबार, अशोज ९, २०८३

द वल्ड क्यापिटल माविद्धारा एसईई उर्तिण विद्यार्थीलाई बधाई तथा शुभकामना

गोरखा नगरपालिका –८ रानिवनस्थित द वल्ड क्यापिटल माविले एसईई परिक्षा उर्तिण गरेका विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट जिपिए ४ ल्याउने दुई जनासहित ११९ जना विद्यार्थीलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको हो ।

जसमध्य ३.६ देखि ३.९ जिपिए ल्याउने ४२ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ४८ जना, २.८ देखि ३.२ जिपिए ल्याउने २२ जना रहेका थिए । २.४ देखि २.८ जिपिए ल्याउने ५ जना रहेका छन् । गणित र कम्प्युटर साइन्स विषयमा भने सत प्रतिशत विद्ययार्थी उतिर्ण भएको विद्यालयका प्रधानध्यापक जनक केसीले बताए । सोही कार्यक्रममा विषय शिक्षकहरु हरिशचन्द्र खनाल र निरज, ओझालाई सम्मान गरिएको उनले बताए । बधाइ तथा शुभकामना समारोहमा विद्यार्थीहरुलाई मायाको चिनो समेत वितरण गरिएको थियो ।

वल्ड क्यापिटल इन्भेस्टमेन्ट प्रालीका अध्यक्ष सुरेन्द्र कुँवरको अध्यक्षता तथा गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द वल्ड क्यापिटल माविका प्रधानाध्यापक जनक केसी, सहायक प्रधानध्यापक हरिसचन्द्र खनाल, एकेडेमी एड्भाइजर पुरुषोत्तम भट्टराई, अभिभावको तर्फबाट कल्पना अर्याललगायतले मन्तव्य राखेका थिए । द वल्ड क्यापिटल मावि वि.सं. २०५२ सालमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्