
एसईई ग्रेडवृद्धि परीक्षाका लागि निशुल्क कक्षा संचालन गर्न आग्रह
बारपाक सुलिकोट गाउँपालिकाले एसईई ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीलाई निशुल्क पढाउन आग्रह गरेको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै साँझ/बिहान उपयुक्त समयमा निःशुल्क कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
चनामा पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुलाई तीन दिन भित्र अनिवार्य रुपमा निशुल्क कक्षा संचालन गर्न भनिएको छ । निशुल्क कक्षा सञ्चालन गरे/नगरेको बारे पालिकाद्धारा अनुगमन तथा निरिक्षण समेत गरिने बताइएको छ ।
राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानो ठिमी भक्तपुरले एसईईको ग्रेडवृद्धि परिक्षा आगामी साउन २९ गतेदेखि हुने बताएको छ ।




