
गोरखाका सिडिओ र एसपीलाई गोरखा उवासंघको स्वागत
गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र प्रहरी प्रमुख एसपी भरत बहादुर बिकलाई गोरखा उधोग बाणिज्य संघले स्वागत गरेको छ ।
केही दिन अघि मात्र कार्यभार सम्हालेका उनीहरुलाई आइतबार एक कार्यक्रमका बीच स्वागत गरिएको हो । सँगै राष्ट्रिय अनुशन्धान कार्यालय गोरखाका प्रमुख रुपमा सरुवा भएर आएका पबनराज जोशिलाई पनि मा स्वागत गरिएको छ।
संघका अध्यक्ष भगवान बाबु मास्केको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्व अध्यक्षहरुलगायतको सभागिता रहेको थियो ।




