| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा अहिले भाडावृद्धि नहुने

अनुपमा खनाल :
जिल्ला यातायात ब्यवस्थापन समितिले गोरखाका कच्ची सडकमा तत्काल भाडावृद्धि गर्न आबश्यक नरहेको निष्कर्ष निकालेको छ ।
यातायात ब्यबस्था विभागले केहि साता अघि वृद्धि गरेको १० प्रतिशत भाडादर ब्यबसायीले बढाएर लिन थालेको पाईएकाले थप भाडा बढाउनुपर्ने आबश्यकता नरहेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।‘ यातायात ब्यबसायी सस्थांका तर्फबाट भाडा बृद्धिको लागी अनुरोध भएको थियो’ उनले भने‘ सरकारले बढाएको भाडादर लिन थालिसकेको अबस्थामा थप नबढाउने निर्णय गरेका छौं ।’ यातायात ब्यबसायी समितिले २५ प्रतिशत भाडा बढाउनुपर्ने प्रस्ताव गर्दै आएका छन् ।
तर बैठकले जिल्लाका कच्ची तथा ग्राभेल सडकहरुको अबस्था अध्ययन गरी सडकको प्रकृति अनुसार दशै लगत्तै भाडादर समायोजन गर्न कार्यदल गठन गर्ने भएको छ । सो कार्यदलको प्रतिबेदन अनुसार थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाई छ । यसअघि गठीत कार्यदलले पनि यातायात ब्यबसायीको भाडाबृद्धिको प्रस्ताव हचुवाका भरमा लागु गर्न नसकिने सुझाव सहित प्रमुख जिल्ला अधिकारीलाई प्रतिबेदन बुझाएको थियो । बैठकले स्विकृत भाडादर सवारी साधनमा यात्रुले देख्नेगरी टास्नुपर्ने निर्णय पनि गरेको छ ।
‘कतिपय सवारी साधनले आफुखुसी बढि भाडा लिएको गुनासो पनि छ’ उनले भने ‘ स्विकृत भाडादर लागु भए नभएको हामी अनुगमन पनि गर्नेछौ, यात्रु पनि सचेत रहनुस्, सवारी साधनमा भाडादर नटाँसेको, जथाभावि भाडा मागेका प्रहरी, प्रशासनमा जानकारी दिनुहोस् ।’प्रमुख जिल्ला अधिकारी भट्टराईले भने‘ असोज यता जति भाडा तिर्नुभएको छ, त्यति नै तिर्नुहोस् थप्नुपर्दैन ।’ बैठकमा चाडबाडलाई लक्ष्यीत गर्दै सहज यात्राको वातावरण बनाउन यातायात ब्यबसायीहरुलाई प्रमुख जिल्ला अधिकारीले आग्रह गरेका छन् । बैठकमा जिल्लाका राजनैतिक दल, यातायात ब्यबसायी समिति, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्