
मंगलबार गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द हुने
मंगलबार एक दिनका लागि गोरखा नगरपालिकाको सेवा प्रवाह बन्द रहने भएको छ ।
आर्थिक वर्ष २०८२/ ०८३ को नगरसभाको १७ औं अधिवेशन नगरपालिकाको कार्यालयमा हुने हुँदा सेवा प्रवाह बन्द गरिएको नगरपालिकाले सूचना जारी गर्दै जानकारी दिएको छ ।
नगरपालिका कार्यालय र मातहतको सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीहरु अधिबेशनमा सहभागी हुने भएकाले एक दिनका लागी अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिने सूचनामा उल्लेख छ ।




