| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका कविन्द्र बुर्लाकोटी बने रास्वपाका महामन्त्री

गोरखाका कविन्द्र बुर्लाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री नियुक्त भएका छन् । पार्टी स्थापना दिवसमा दिनमा आयोजित केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष स्वर्णिम वाग्लेको प्रस्ताबमा बुर्लाकोटी महामन्त्रीमा नियुक्त भएका हुन् ।

पालुङ्टार नगरपालिका ९ का बुर्लाकोटी यसअघि पार्टीको सहमहामन्त्री थिए । उनी पार्टी सुसंस्कृत हुनुपर्छ, पार्टीका हरेक गतिविधि युग सुहाउँदो सभ्य, शिष्ट र समयको मागअनुसार हुनुपर्छ भन्ने पक्षमा आवाज बुलन्द बनाउने युवा नेतामा पर्दछन् ।

बिगत १७ बर्षदेखि युवा नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएका उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्