| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सीडीओ पौडेलको बैतडी सरुवा, कडरिया आउँदै

गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्यबिक्रम पौडेलको सरुवा भएको छ । गृह मन्त्रालयले मंगलवार विभिन्न जिल्लाका सीडिओ हेरफेर गर्दै पौडेललाई जिल्ला प्रशासन कार्यालय वैतडी सरुवा गरेको हो ।

उनी करिव आठ महिनाअघि गोरखाको सीडीओको रुपमा आएका थिए । गोरखाको नयाँ सीडीओको रुपमा रामुराज कडरिया आउने भएका छन् । गृह मन्त्रालयबाट उनलाई गोरखाको सीडीओको रुपमा खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्