| मङ्लबार, कार्तिक २४, २०८३

गणतन्त्र दिवसमा बिबिध कार्यक्रम

गणतन्त्र दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बिहीवार गोरखा नगरपालिका भित्रका माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रतियोगितामा कृतिका लामिछाने पहिलो, कुसुम भट्ट दोस्रो, सन्जु श्रेष्ठ तेस्रो भएका छन् । आरुष पण्डित र निरुषा थापाले सान्त्वना स्थान हासिल गरेका छन् । उनीहरुलाई नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
दिवसकै अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत भएको छ । जिल्ला समन्वय समिति र गोरखा नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम पुर्व प्रभातफेरी समेत भएको थियो । दिवसकै अवसरमा बिभिन्न ठाउँमा वृक्षारोपण कार्यक्रम समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्