| मङ्लबार, कार्तिक २४, २०८३

विकास सबैको साझा हो : बजगाईँ

गोरखा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले विकास निर्माण सबैको साझा कार्यक्रम रहेको बताएका छन् । मंगलबार भीमसेनथापा गाउँ पालिकाको भवन उद्घाटन समारोहमा बोल्दै उनले जिल्लाका लागि बिनियोजित बजेट माओवादी, काङ्ग्रेस सबैको साझा रहेको बताएका हुन् ।

‘२०४६ पछि अहिले गोरखामा सबैभन्दा धेरै बजेट बिनियोजन भएको अवस्था छ’, ,उनले भने, ‘तर यहाँ माओवादीले हालेको बजेट, काङग्रेसले हालेको बजेट भन्दै बिचबिचमा अलिअलि खिचातानी भईरहेको छ । सायद भोलिको निर्वाचनलाई दृष्टि गरेर होला । के थाहा भोलि पनि हाम्रो गठबन्धन हुन सक्छ ।’ प्रचण्ड प्रधानमन्त्री भईसकेकोपछि आफूले जिल्लाका लागि धेरै कार्यक्रमहरु ल्याएको उनले बताएका छन् ।
जिल्लाबाट काङग्रेस र माओवादी साझा जनप्रतिनिधिका रुपमा चुनाव लडेकाले यहाँ संचालन भईरहेको विकास निर्माणको कार्यक्रमहरु पनि सबैको साँझा सहकार्यका कारण आएको उनले बताएका छन् ।

‘म पनि माअ‍ेवादीको जनप्रतिनिधि नै हुँ । त्यसैले हामीले संयुक्त रुपमा काम गर्ने हो’, उनले भने । प्रचण्ड प्रधान मन्त्री रहँदा जिल्लाका लागी बनेको योजनाहरुको टूयाकमा बजेट नकाटियोस भनेर आफूले केन्द्रिय मन्त्रीहरुसँग अनुरोध पनि गरिरहेको बजगाईँको भनाइ छ ।

उनले भने, ‘जिल्लाका लागि मैले धैरै कार्यक्रमहरु माग गरेको छु । त्यसको प्रशस्त प्रमाणहरु छन् मसँग । मेरो रगतमा काङग्रेस छ । तर, माओवादीसँगको सहकार्यका कारण यहाँसम्म आईपुगेको हो । जिल्लाका लागि अबको यो ५ वर्ष के के गर्न सकिन्छ, सबैजनाले हातेमालो गरेर गरौँ ।’

प्रतिक्रिया दिनुहोस्