| मङ्लबार, कार्तिक २४, २०८३

सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

सहिदलखन र भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित दुवै पालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् ।
सहिदलखन गाउँपालिकाको भवन सात करोड ७८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो भने भीमसेनथापा गाउँपालिकाको भवन तीनकरोड ४३ लाख रुपैयाँमा निर्माण गरिएको हो ।
सहिद लखन गाउँपालिकाको भवन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाई, गण्डकी प्रदेश सांसद सुशीला सिँखडा, गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं. १ का अध्यक्ष प्रेम गुरुङ र वडा नं. ६ का अध्यक्ष दिलिप थापा मगरले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
साथै सोही अवसरमा सहिद लखन थापाको सालिक अनावरण गरिएको थियो । त्यस्तै स्वास्थ्यचौकी भवनको पनि उद्घाटन गरिएको थियो ।
त्यस्तै भीमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्ड, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाई, गण्डकी प्रदेश सांसद सुशीला सिँखडा, गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जरा, उपाध्यक्ष अमृता वस्तीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सोही अवसरमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्