| मङ्लबार, कार्तिक २४, २०८३

वाइसिएल गोरखाको अध्यक्षमा सुशील गुरुङ

नेकपा माओवादी निकट युथ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुशील गुरुङ चयन भएका छन् । वाइसिएल गोरखाको मंगलबार सम्पन्न तेस्रो सम्मेलनले गुरुङको अध्यक्षतामा ७१ सदस्ययी कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सुवास तामाङ, एकबहादुर गुरुङ र मिरा उपरकोटी चयन भएका छन् ।

सचिवमा अन्जन गुरुङ चयन भएका छन् भने सह(सचिवमा रबिन सिंखडा, सरोज तामाङ र मोहन गुरुङ चयन भएको वाइसिएल गोरखाले जनाएको छ । कोषाध्यक्षमा इश्वर मुडबारी चयन भएको बताइएको छ ।

वाइसिएल गोरखाको निवर्तमान संयोजक सागर श्रेष्ठको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेकपा माओवादीका जिल्ला इन्चार्ज अमर तमु, अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज दिपक कोइराला लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्