| मङ्लबार, बैशाख १, २०८३

गोरखामा पुरुष मृत फेला

गोरखामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका वडा नं ८ ढाँडगाउँका ४३ वर्षका कृष्ण प्रसाद खनाल मृत फेला परेका हुन् ।

खनाल बिहीबार बिहान ७ बजे भिमसेनथापा गाउँपालिका–३, ठुलोपाखा जंगलको गोरेटोबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खनालको शव पोष्टमार्टम गरेर दाहसंस्कारका लागी आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्