| मङ्लबार, कार्तिक २४, २०८३

दरौदी नदीको विभिन्न स्थानमा पौडी खेल्न निषेध

गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीको विभिन्न स्थानमा पौडी खेल्न निषेध गरिएको छ । पौडी खेल्दा डुब्ने खतरा भएका स्थानमा पौडी खेल्न निषेध गरिएको वडा नं. १० का वडाध्यक्ष प्रदिप कुवँरले बताए ।

‘अहिलेको लागि भित्तामा लेखिएर संकेत गरेका छौं,’ उनले भने, ‘पानी पर्दा लेखिएको मेटिन सक्छ त्यही भएर बोर्ड बनाएर राख्ने तयारी गरिरहेका छौँ ।’ नदीको घुमाउने रह र झलुङ्गे पुल मुनीको क्षेत्रमा पौडि खेल्न निषेध गरिएको हो । वर्षेनी जस्तो पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेकोले सो क्षेत्रहरुलाई निषेधित गरिएको वडाध्यक्ष कुवाँरले बताए ।

‘गर्मी याममा नदी सानो देखेर रिफरेसमेन्टको लागि पौडि खेल्ने गर्छन्, तर, गहिराई धेरै भएकोले डुब्ने सम्भावना धेरै छ,’ उनले भने, ‘विगतमा जे जे भए पनि आगामी दिनमा त्यस्ता खालका घटना नघटोस् भन्नलाई हामीले पाडि खेल्न निषेध गरेका हौं ।’ निषेधित गरिएका क्षेत्रमा पौडी खेल्ने माछा मार्ने जस्ता क्रियालाप गरेको भेटाएका कारवाही समेत गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्